एक अर्ब रुपैयाँ बराबरको प्याज आयात

तु खबर संवाददाता
२०८० फाल्गुन २०,आईतवार १६:३५
file-photo

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा एक अर्ब रुपैयाँ बराबरको प्याज आयात भएको छ ।

सो अवधिमा ४ करोड ६९ लाख किलो प्याज आयात हुँदा १ अर्ब ९९ करोड ५४ लाख रुपैयाँ निकासी भएको भन्सार विभागले जनाएको छ ।

प्याजबाट सरकारले ४९ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । तीमध्ये सबैभन्दा धेरै प्याज भारतबाट आयात भएको छ ।

४ करोड ६३ लाख किलो प्याज आयात भएको छ । सोबाट १ अर्ब ९३ करोड २१ लाख रुपैयाँ बाहिरिएको छ ।

यस्तै, चीनबाट ६ लाख ५० लाख किलो प्याज आयात भएको छ । ६ करोड ६ लाख रुपैयाँ खर्च भएको विभागले जनाएको छ ।