लागूऔषधसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०८० मंसिर ३,आईतवार ०८:५२
सांकेतिक तस्बिर

झापा । झापामा प्रतिबन्धित लागूऔषसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिवार जिल्लाको मेचीनगर नगरपालिका र झापा गाउँपालिका गरी छुट्टैछुट्टै स्थानबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीले मेचीनगर नगरपालिका ५ मेची पुलबाट सोही नगरपालिका वडा नम्बर १० बस्ने २० वर्षीय रोहितकुमार पोदारलाई ब्राउन सुगर ३ ग्राम ३०० मिलिग्रामसहित पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा सो परिमाणको लागूऔषध बराबम भएपनि निजलाई पक्राउ गरिएको हो ।

यसैगरी, प्रहरीले शनिबार नै झापा गाउँपालिका ४ स्थित सुकुम्वासी टोलबाट लागूऔषधसहित एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले झापा शिवताक्षी नगरपालिका १ बस्ने २९ वर्षीया कमला राउतलाई १ ग्राम ७७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

पक्राउ परेका पोदारलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टा र राउतलाई जिल्ला प्रहरी कार्यालय झापामा राखी घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।