बागमती प्रदेशमा दुर्घटनामा परेर २३ जनाको मृत्यु

मकवानपुर । बागमती प्रदेशमा चाडपर्वको समयमा भएका विभिन्न सवारी दुर्घटनामा परेर २३ जनाको मृत्यु भएको छ ।
प्रदेशको काठमाडौं उपत्यका बाहे्कका १० जिल्लाको विभिन्न स्थानमा भएको दुर्घटनामा परेर उनीहरुको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार, प्रदेशमा नेपालीहरुको महान पर्व बडादसैँदेखि शुभ दिपावलीको समयसम्ममा १५६ वटा सवारी दुर्घटना भएको छ । ती दुर्घटनामा परेर २३ जनाको मृत्यु भएको हो ।
यस्तै, सो अवधिमा भएको सवारी दुर्घटनामा परेर ३५१ जना घाइते भएका छन् ।
यसैगरी, प्रहरीले नियम विपरित सवारी चलाउने ५९ हजार ७३२ वटा सवारीका साधनलाई कारबाही गरेको छ ।
सवारी कारबारहीबाट ४ करोड ८८ लाख ५९ हजार ५०० सय रुपैयाँ बराबरको जरिवाना रकम संकलन भएको प्रहरीले जनाएको छ ।