टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयन गर्न समिति गठन

तु खबर संवाददाता
२०८० मंसिर २,शनिबार १६:१४
file-photo

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमाथि प्रतिबन्ध गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न समिति गठन गरेको छ ।

दूरसञ्चार प्राधिकरणको शुक्रबार बसेको बैठकले निर्देशक विजयकुमार रायको नेतृत्वमा चार सदस्यीय प्राविधिक समिति गठन गरेको गरेको हो ।

समितिको सदस्यहरुमा इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आएस्पान) का अध्यक्ष सुधीर पराजुली, नेपाल सरकार सञ्चार मन्त्रालयका प्रतिनिधि र सदस्य सचिवमा प्राधिकरणकी रोजाकिरण बासुकला रहेका छन् ।

सो समितिले ७ दिनभित्र टिकटक बन्द गरे÷नगरेको सम्बन्धमा अनुगमन र अनुसन्धान गरी रिपोर्ट पेश गर्नेछ ।