अस्पतालबाट ल्यापटप चोरेको आरोपमा सशस्त्रका असई पक्राउ

तु खबर संवाददाता
२०८० मंसिर २,शनिबार १६:१९

धनगढी । कैलालीमा अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा प्रहरीले एक जना सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) लाई प्रकाउ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सशस्त्र प्रहरीका सहायकप्रहरी निरीक्षक रमेश भण्डारी रहेका छन् । उनलाई धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा पक्राउ गरिएको हो ।

कैलाली प्रहरीका अनुसार, गत कात्तिक २६ गते अस्पतालबाट ल्यापटप चोरी गरेको आरोप लागेपछि भण्डारीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको छ ।