समाचार
कांग्रेसको सहकारी विभाग प्रमुखमा कँडेल
काठमाडौं । नेपाली कांग्रेसको सहकारी विभाग प्रमुखमा देवेन्द्रराज कँडेल मनोनित भएका छन् । उनलाई पार्टीका सभापति शेरबहादुर देउवाले उक्त पदमा मनोनित गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कँडेल केन्द्रीय सदस्य समेत हुन् । यसअघि सभापति देउवाले १६ वटा विभाग प्रमुख नियुक्त गरेका थिए । यससँगै...
कुटपिट गरी घिमिरेको हत्या, ८ जना पक्राउ
बर्दिया । बर्दिया प्रहरीले कुटपिट गरी हत्या गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ । बर्दिया गुलरिया नगरपालिका–६ गुलरिया बजार बस्ने २० वर्षीय बरूण घिमिरेलाई विभिन्न हातहतियार प्रयोग गरी हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका–६ गुलरिया बजार बस्ने २३ वर्षीय सुलभ...
चिसोका कारण जाजरकोटमा दुई जनाको मृत्यु
जाजरकोट । जाजरकोटमा चिसोका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंह रहेका छन् । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका दुबै जना दमका दीर्घरोगी थिए । उनीहरुको चिसोका कारण रोगले च्याप्दै गएपछि मृत्यु...
टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध ८ वटा निवेदन दर्ता
काठमाडौं । टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध हालसम्म ८ वटा रिट निवेदन दर्ता भएको छ । सरकारले टिकटकमाथि प्रतिबन्द लगाउने निर्णय गरेसँगै सो निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा ८ वटा रिट निवेदन दर्ता भएको जनाइएको छ । उक्त रिट निवेदनहरूमाथि यही मंसिर ४ गते प्रारम्भिक सुनुवाइ हुनेछ ।...
प्रधानमन्त्रीद्वारा अर्थतन्त्र सुधारका लागि बृहत् बैठक आह्वान
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्र सुधारका लागि बृहत बैठक आह्वान गरेका छन् । उनले यही मंसिर ४ गते बस्ने गरी बृहत बैठक आह्वान गरेका हुन् । बैठक बारे प्रधानमन्त्री प्रचण्डले आइतबार तनहुँको आँबु खैरीनीमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जानकारी गराएका हुन् । कार्यक्रमको क्रममा प्रधानमन्त्री...
नेकपा समाजवादी पार्टीद्वारा केन्द्रीय समितिको बैठक आह्वान
काठमाडौं । बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । बैठक यही मंसिर ६ र ७ गते बस्ने गरी आह्वान गरिएको हो । बैठकमा एजेण्डा पार्टी एकताका लागि माओवादी केन्द्रले पठाएको पत्र, एकीकरणका लागि समायोजन समिति बनाउने विषयमा छलफल हुने जनाइएको छ ।...
लोक सेवा आयोगद्वारा कर्मचारी माग
काठमाडौं । लोक सेवा आयोगद्वारा ठूलो संख्यामा कर्मचारी माग गरिएको छ । आयोगले शुक्रबार सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । आयोगले राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा गरी २५७ कर्मचारी माग गरेको हो । जसमा प्राविधिकतर्फ २१६ कर्मचारी, मानवअधिकार सेवातर्फ अधिकृत तृतीय श्रेणीमा...
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ
अछाम । अछाममा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा मङ्गलसेन नगपालिका–३ लाछिमना बस्ने शेरबहादुर भण्डारी रहेका छन् । शेरबहादुरलाई आफ्नै श्रीमती अन्दाजी ४० वर्षीया उर्मिला बिष्ट भण्डारीको हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उर्मिलाका माइती पक्षले बुधबार शेरबहादुरको...
हेटौंडामा नवजात शिशु भेटियो
मकवानपुर । मकवानपुरको हेटौंडामा बिहीबार साँझ अन्दाजी ६ बजेको समयमा नवजात शिशु भेटिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित प्रदेश लोक सेवा आयोग कार्यालय नजिकै भर्खरै जन्मेको जस्तो देखिने नवजात शिशु (छोरी) भेटिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार,...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको पूर्वानुमान अनुसार, हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव र कोशी प्रदेशमा बङ्गालको खाडीको मध्य पश्चिमी क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको उल्लेख छ । न्यून चापीय क्षेत्रको आंशिक प्रभावले हाल देशको...









