कांग्रेसको सहकारी विभाग प्रमुखमा कँडेल

काठमाडौं । नेपाली कांग्रेसको सहकारी विभाग प्रमुखमा देवेन्द्रराज कँडेल मनोनित भएका छन् ।
उनलाई पार्टीका सभापति शेरबहादुर देउवाले उक्त पदमा मनोनित गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कँडेल केन्द्रीय सदस्य समेत हुन् । यसअघि सभापति देउवाले १६ वटा विभाग प्रमुख नियुक्त गरेका थिए ।
यससँगै कांग्रेसको १७ वटा विभाग प्रमुख तोकिएको छ । सभापति देउवाले कांग्रेसमा ७० विभाग रहे पनि हालसम्म १७ विभाग प्रमुख मात्र तोकेका हुन् ।