समाचार

आजबाट छठ पर्व सुरु

आजबाट विधिवत रुपमा छठ पर्व सुरु भएको छ । सूर्यको उपासना गरी मनाइने यो पर्वको आज नहाय खाय हो । चार दिनसम्म नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज ब्रतालुले स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन् । पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठपर्वको...

रुपन्देहीमा बस दुर्घटना हुँदा २० जना घाइते

काठमाडौं । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ८ भलुही भन्ने स्थानमा गएराति बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । काठमाडौंबाट दाङ जाँदै गरेको बा.प्र.०३–००१ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार, सो बस गएराति पौने १२...

जम्मु–कश्मिरमा बस दुर्घटनाः ३९ जनाको मृत्यु

काठमाडौँ । जम्मु– कश्मिरको डोडामा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । सो दुर्घटनामा परी १७ जना घाइते भएका छन् । सरकारी अधिकारीहरुका अनुसार घुम्तीमा बस नमोडिँदा करिब ३०० फिट तल खसेको छ । बस दुर्घटनाको अनुसन्धान जारी छ । यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदी र...

अटो दूर्घटनामा दुई जनाको मृत्यु

मकवानपुर । अछाममा अटोरिक्सा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ह ५५४५ नम्बरको अटोरिक्सा गएराति करिब १२ बजे मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका अटोरिक्सा चालक कमलबजार नगरपालिका–४ का दीपक बोहरा...

आज भाइटीका, उत्तम साइत १०:५१ बजे

मकवानपुर । आज तिहारको मुख्य दिन दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाएर भाइटीका पर्व मनाइँदै छ । यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् । टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा...

भाइटीकाको दिन कस्तो रहनेछ मौसम ?

मकवानपुर । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले मौसममा केही बदली भइरहेको छ । आज मंगलबार र भोलि (बुधबार) भाइटीकाको दिन सामान्यतया मौसम सफा रहने भए पनि उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार र बुधबार कोशी, बागमती...

आज तिहारको चौथो दिनः गोवर्द्धन पर्वत, बलि, हली र गोरुको पूजा गरिंदै

मकवानपुर । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि, गोरु र हलीको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कात्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बलि, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घरआँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई...

गढीमा अटो दुर्घटना, स्याङ्तानको मृत्यु

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५, लखनटोलमा अटो दुर्घटना हुँदा घाइते भएका ३३ वर्षीय लक्ष्मण स्याङ्तानको मृत्यु भएको छ । शुक्रबार राती ११ बजेर ५० मिनेटको समयमा ना १ ह ३५४४ नम्बरको अटो व्याक गरी पार्किङ गर्न खोज्दा अन्दाजी ६० फिट तल खस्दा घाइते भएका स्याङ्तानको हेटौँडामा उपचारपछि थप उपचारका...

सुन चाँदीको मूल्य घट्यो

काठमाडौँ । आज सुन र चाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको हो । आजका लागि छापावल सुनको मूल्य एक लाख १३ हजार २०० र तेजावी सुनको मूल्य एक लाख १२ हजार ६५० रुपैयाँ...

आज गाईको पूजाआजा गरिंदै

काठमाडौँ । कात्तिक शुक्ल प्रतिपदा एवम् यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले...