भाइटीकाको दिन कस्तो रहनेछ मौसम ?
मकवानपुर । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले मौसममा केही बदली भइरहेको छ ।
आज मंगलबार र भोलि (बुधबार) भाइटीकाको दिन सामान्यतया मौसम सफा रहने भए पनि उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार र बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।
हिमपात हुने र देशभरिको तापक्रम क्रमिक रुपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अपिल गरेको छ ।
