समाचार

पहिरोमा पुरिएर डोजर चालकको मृत्यु

मान्मा । कर्णाली करिडोर सडक मर्मतका क्रममा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । करिडोरअन्तर्गत जिरो प्वाइन्ट, कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित कालेखोलामा खसेको सुख्खा पहिरोमा पुरिएर डोजर चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा कालिकोट पचालभरना गाउँपालिका–८ खडितोलीका ३० वर्षीय धीर सज्याल रहेको प्रहरीले जनाएको छ । प्रहरीका...

कैलालीमा जिप दुर्घटना हुँदा चार जना घाइते

धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–४ को बजेडीमा शुक्रबार साँझ जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । डोकेबजारबाट खिमडीतर्फ गइरहेको भे १ ज ६१६३ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटना हुँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परेर डोटीको बडिकेदार गाउँपालिका–३ बस्ने ३९ वर्षीया...

मकवानपुरको बकैयास्थित एक घरमा आगलागी

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ११ मा मोरङ्गेवेशीस्थित एक घरमा शुक्रबार दिउँसो आगलागी भएको छ । शुक्रवार दिउँसो स्थानीय सुवास बमजनको खरले छाएको भुँईतले कच्चि घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, बालबालिकाले लाईटर बाली खेल्ने क्रममा आगलागी भएको हो । उक्त...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिमी भू–भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, पश्चिमी वायुको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहेको छ । यस्तै, आज दिउँसो सुदूरपश्चिम, कर्णाली,...

५ एसपीलाई एसएसपीमा बढुवा गर्न गृहद्वारा सिफारिस

काठमाडौं । गृह मन्त्रालयले ५ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले एसपी बसन्त रजौरे, रविकुमार पौडेल, नविराज राई, वीरबहादुर ओली र चन्द्रदेव राईलाई बढुवा गर्न सिफारिस गरेको...

आज काग तिहार मनाइँदै

काठमाडौं । नेपालीहरूको दोस्रो महान पर्व तिहार अर्थात् यमपञ्चक आजबाट सुरु भएको छ । तिहारको आज पहिलो दिन कागको पूजा गरी मनाइँदैछ । आज कागको पूजा गरी मीठा–मीठा कुरा खाना खान दिइन्छ । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झना गर्दै कागलाई सन्देशवाहक पक्षीका रूपमा विभिन्न परिकार...

रास्वपाले मंसिर २ देखि ४ गतेसम्म घरदैलो गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी मंसिर २ देखि ४ गतेसम्म घरदैलो कार्यक्रमको आयोजना गर्दैछ । रास्वपाले प्रदेश र संघीय निर्वाचन सकिएको एक वर्ष पुगेको अवसरमा जनताका गुनासो र सुझाव सुन्न घरदैलो कार्यक्रमको आयोजना गर्न लागिएको जनाएको छ । यस्तै, रास्वपाको गत कात्तिक २२ र २३ गतेका...

मनहरी–२ फुटबलको आज तीन खेल सम्पन्न, भोलि सेमिफाइनल

मकवानपुर । प्रथम वडा अध्यक्ष भिमान स्मृति फुटबल प्रतियोगिता मनहरी–२ को आज ५ औँ दिन ३ खेल सम्पन्न भएको छ । आज पहिलो खेल आयोजक खेलकुद विकास समिति मनहरी–२ (सी) र मनहरी –४ मसिनेबीच प्रतिस्पर्धा भएको थियो । जसमा १–० गोलको अन्तरलले मनहरी –४ मसिने विजय भई सेमिफाइनल खेलका...

तिहारको समयमा मौसम सफा रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तिहारको समयमा मौसम सफा रहने जनाएको छ । महाशाखाले हाल देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेकाले अझै दुई दिन देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जानकारी गराउँदै तिहारको समयमा मौसम सफा रहने जनाएको हो । आज...

त्रिविको उपकुलपति सिफारिसका लागि तीन सदस्यीय कमिटी गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिसका लागि तीन सदस्यीय कमिटी गठन गरिएको छ । उपकुलपति सिफारिसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन गरिएको हो । प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्री राईको संयोजकत्वमा कमिटी गठन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको...