मकवानपुरको बकैयास्थित एक घरमा आगलागी
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ११ मा मोरङ्गेवेशीस्थित एक घरमा शुक्रबार दिउँसो आगलागी भएको छ ।
शुक्रवार दिउँसो स्थानीय सुवास बमजनको खरले छाएको भुँईतले कच्चि घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, बालबालिकाले लाईटर बाली खेल्ने क्रममा आगलागी भएको हो ।
उक्त आगलागीका कारण घर र घर भित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा जलि पुर्ण रुपमा नष्ट भएको मकवानपुर प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय क्षति भने भएको छैन ।
