कैलालीमा जिप दुर्घटना हुँदा चार जना घाइते

तु खबर संवाददाता
२०८० कार्तिक २५,शनिबार ०९:५०

धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–४ को बजेडीमा शुक्रबार साँझ जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

डोकेबजारबाट खिमडीतर्फ गइरहेको भे १ ज ६१६३ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटना हुँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परेर डोटीको बडिकेदार गाउँपालिका–३ बस्ने ३९ वर्षीया सरिता बुढा, ३३ वर्षीय मनिष रोक्का, मोहन्याल गाउँपालिका–४ बस्ने ५० वर्षीया धनसरा मास्के र ३९ वर्षीया कमला पुन मगर घाइते भएका हुन् ।

प्रहरीका अनुसार, घाइते उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । पाँचै जनाको अवस्था मध्यम रहेको छ ।

प्रहरीले विप चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।