समाचार

मनहरी–२ फुटबल : आज तीन खेल हुँदै

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–२ मा प्रथम वडा अध्यक्ष भिमान स्मृति फुटबल प्रतियोगिता अन्तरगत आज तीन वटा खेल हुने भएको छ । आज पहिलो खेल आयोजक खेलकुद विकास समिति मनहरी–२ ‘सी’ र मनहरी –४ मसिनेबीच, दोस्रो खेल एफसी सिम्पानी र केदरेश्वर युवा क्लब मनहरी –९ रजैयबीच हुनेछ भने तेस्रो...

आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले हाल केही प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार, आज पश्चिमी वायुको आंशिक प्रभावले हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक...

हेटौंडामा आजदेखि वडास्तरीय ब्याटमिन्टन हुँदै

मकवानपुर । मकवानपुरको हेटौंडामा आजदेखि वडास्तरीय दोस्रो ब्याटमिन्टन प्रतियोगिता हुँदैछ । प्रतियोगिता हेटौंडा उपमहानगरपालिका ५ नम्वर वडा कार्यालयको आर्थिक सहयोगमा हुने भएको हो । उक्त प्रतियोगिता हेटौंडा उपमहानगरपालिका–५ पिप्लेस्थित बालज्योति माविको कभर्ड हलमा हुने भएको संयोजक नरेन्द्र मोक्तानले जानकारीले जानकारी दिए । आगामी कात्तिक २६ गते आइतबारसम्म संचालन हुने...

नक्कली नोटसहित हेटौंडाबाट एक जना पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ नयाँवस्तीस्थित सडकबाट प्रहरीले नक्कली नोटसहित बिहीबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–६ बस्ने ३० वर्षीय देवराज चौलागाईँ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चौलागाईँलाई ५ सय दरका २० थान नक्कली नोटसहित प्रहरी चौकी रातोमाटेबाट...

एसईई २०८१ का लागि रजिस्ट्रेसन फाराम आवेदन खुला

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम आवेदन खुला भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एक सूचना जारी गर्दै एसईईको लागि रजिस्ट्रेसन आवेदन खुलाबारे जानकारी गराएको हो । शैक्षिक सत्र २०८१ मा एसईई परीक्षाम समावेश हुनका लागि रजिस्ट्रेसन आवेदन खुला...

मनहरी–२ फुटबल : आज दुई खेल सम्पन्न

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–२ मा प्रथम वडा अध्यक्ष भिमान स्मृति फुटबल प्रतियोगिता अन्तरगत आज दुई वटा खेल सम्पन्न भएको छ । आज भएको पहिलो खेलमा आयोजक खेलकुद विकास समिति मनहरी–२ र सुन्दर भबिष्य युवा क्लबबीच प्रतिस्पर्धा भएको थियो । सो खेलमा आयोजक टिमले विजयी हाँसिल गरेको छ ।...

दलित महिला जनप्रतिनिधिहरुको साझा मञ्च गठन

मकवानपुर । मकवानपुरको हेटौंडामा बिहीबार दलित महिला जनप्रतिनिधिहरुको साझा मञ्च गठन तथा छलफल कार्यक्रम भएको छ । उक्त कार्यक्रम दलित महिला संघ मकवानपुरको आयोजना तथा फाउन्डेसन अफ सोसाइटीको सहयोगमा भएको हो । नव अधिकार लोकतन्त्र, राजनीतिक, सामाजिक प्रतिष्ठा तथा प्रबन्धको लागि महिला जनप्रतिनिधिहरुको साझा मञ्चको गठन तथा छलफल कार्यक्रम...

एन्फा अध्यक्ष नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

मकवानपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । एन्फाद्वारा बिहीबार बागमती प्रदेशको राजधानीमा हेटौंडामा आयोजित विशेष साधारण सभामा नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो । साधारण सभामा उक्त अविश्वासको प्रस्तावमाथि मतदान भएको थियो । एन्फाका कूल ८७ मतदातामध्ये ५३...

राप्रपाको केन्द्रीय समिति बैठकको मिति तय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठकको लागि मिति तय भएको छ । पार्टीको बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले आगामी पुस १ गतेदेखि ३ गतेसम्म केन्द्रीय कार्यसमिति बैठक आह्वान गर्ने निर्णय गरेको हो । बैठकपछि जारी विज्ञप्तिमा पार्टी विधानमा भएका केही अस्पष्टता र विधान कार्यान्वयनमा देखिएका...

हेटौंडाको मासु पसलमा अनुगमन

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानरपालिका बजार क्षेत्रमा अनुगमनलाई तीब्रता दिइएको छ । चाडपर्व नजिकिएसँगै संयुक्त बजार अनुगमन टोलीले उपमहानगरपालिका क्षेत्रभित्र संचालित पसलहरुमा लगातार चार दिनदेखि अनुगमन गरेको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईँको नेतृत्वमा गरिएको अनुगमन टोलीले बिहीबार हेटौंडामा रहेको...