मनहरी–२ फुटबल : आज दुई खेल सम्पन्न
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–२ मा प्रथम वडा अध्यक्ष भिमान स्मृति फुटबल प्रतियोगिता अन्तरगत आज दुई वटा खेल सम्पन्न भएको छ ।
आज भएको पहिलो खेलमा आयोजक खेलकुद विकास समिति मनहरी–२ र सुन्दर भबिष्य युवा क्लबबीच प्रतिस्पर्धा भएको थियो । सो खेलमा आयोजक टिमले विजयी हाँसिल गरेको छ ।
खेलकुद समिति मनहरी समितिले ५–० गोल अन्तरले सुनदर भविष्य क्लबलाई पराजित गरेको हो । उक्त खेलको म्यान अफ द म्याच खेलकुद विकास समितिका खेलाडी जर्सि नम्वर २३ का रोहित मोक्तान भए ।
यस्तै, आजै भएको दोस्रो खेल मनहरी–३ एफसी लामिटारले जित हाँसिल गरेको छ । सुर्यकिरण युवा क्लबलाई ३–० गोल अन्तरलले पराजित गर्दै एफसी लामिटारले जित हाँसिल गरेको हो । उक्त खेलको म्याद अफ द म्याच एफ सी लामिटारको जर्सी नम्वर ९ का धिराज राइ भए ।
साथै भोलि ३ खेल हुने भएको छ । जसमा पहिलो खेल आयोजक खेलकुद विकास समिति मनहरी–२ ‘सी’ र मनहरी –४ मसिनेबीच, दोस्रो खेल एफसी सिम्पानी र केदरेश्वर युवा क्लब मनहरी –९ रजैयबीच हुनेछ भने तेस्रो खेल आयोजक खेलकुद विकास समिति मनहरी–२ ‘ए’ र सुर्यकिरण युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
खेलकुद विकास समिति मनहरी–२ ले नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसरमा उक्त प्रतियोगिताको आयोजना गरेको हो ।
त्रिरत्न प्राविको खेल मैदान मनहरी–२ मा संचालन भइरहेको उक्त प्रतियोगिता आगामी कात्तिक २७ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता समूहले ५० हजार ५५५ रुपैयाँ र उपविजेता समूहले २५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
