मनहरी–२ फुटबल : आज तीन खेल हुँदै

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–२ मा प्रथम वडा अध्यक्ष भिमान स्मृति फुटबल प्रतियोगिता अन्तरगत आज तीन वटा खेल हुने भएको छ ।
आज पहिलो खेल आयोजक खेलकुद विकास समिति मनहरी–२ ‘सी’ र मनहरी –४ मसिनेबीच, दोस्रो खेल एफसी सिम्पानी र केदरेश्वर युवा क्लब मनहरी –९ रजैयबीच हुनेछ भने तेस्रो खेल आयोजक खेलकुद विकास समिति मनहरी–२ ‘ए’ र सुर्यकिरण युवा क्लबबीच हुने भएको हो ।
खेलकुद विकास समिति मनहरी–२ ले नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसरमा उक्त प्रतियोगिताको आयोजना गरेको हो ।
त्रिरत्न प्राविको खेल मैदान मनहरी–२ मा संचालन भइरहेको उक्त प्रतियोगिता आगामी कात्तिक २७ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता समूहले ५० हजार ५५५ रुपैयाँ र उपविजेता समूहले २५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।