समाचार

बागमतीका ४४.१ प्रतिशत परिवारलाई मात्रै कृषि आम्दानीले खान पुग्छ

मकवानपुर । बागमती प्रदेशमा कृषि पेशामा आवद्ध ४४ दशमलव १ प्रतिशत परिवारलाई मात्रै कृषिको आम्दानीले खान पुग्ने पाइएको छ । प्रदेशमा ७२ दशमलव ६ प्रतिशत परिवारको आम्दानीको मुख्य स्रोत कृषि रहेपनि कृषिको आम्दानीले ४४ दशमलव १ प्रतिशतलाई मात्रै खान पुग्ने राष्ट्रिय तथ्याङ्क कार्यालयले जारी गरेको कृषि गणना २०७८ को...

बागमतीका सामुदायिक विद्यालयलाई बस खरिदमा अनुदान

मकवानपुर । बागमती प्रदेशभित्र रहेका २७ वटा सामुदायिक विद्यालयहरुलाई बस खरिदमा अनुदानका लागि सम्झौता भएको छ । प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०–०८१ को सामुदायिक विद्यालयलाई बस खरिदमा अनुदान कार्यक्रम अन्तर्गत प्रदेशको विभिन्न जिल्लामा रहेका सामुदायिक विद्यालयलाई बस खरिदमा अनुदानका लागि सम्झौता भएको हो । प्रदेशको शिक्षा विकास निर्देशनालय...

चाडपर्व नजिकिएसँगै हेटौंडा बजार क्षेत्रमा लगातार अनुगमन

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानरपालिका बजार क्षेत्रमा अनुगमनलाई तीब्रता दिइएको छ । चाडपर्व नजिकिएसँगै संयुक्त बजार अनुगमन टोलीले उपमहानगरपालिका क्षेत्रभित्र संचालित पसलहरुमा लगातार तीन दिनदेखि अनुगमन गरेको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईँको नेतृत्वमा गरिएको अनुगमन टोलीले बुधबार उपभोक्ता हित...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र त्यसको देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जनाएको छ । यस्तै, महाशाखाका अनुसार, आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनुका साथै पहाडी भू–भागका...

मकवानपुरको फाखेलमा निर्माणधिन गुम्बालाई आर्थिक रकम सहयोग

मकवानपुर । मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ४, फाखेल पुरण्डीस्थित निर्माणधिन रिगडुग दोङटुग लिङ गुम्बालाई आर्थिक रकम सहयोग भएको छ । उक्त गुम्बालाई अमेरिकाबाट ८ लाखभन्दा बढी रकम सहयोग गरिएको हो । गुम्बालाई तामाङ सोसाईटी अफ अमेरिकाका पूर्व अध्यक्ष इन्द्र तामाङको पहलमा ६ हजार १ सय ७८ अमेरिकी...

बागमती सरकारद्वारा ५ मन्त्रालयको कर्मचारी दरबन्दी तेरिज स्वीकृत

मकवानपुर । बागमती प्रदेश सरकारले विभिन्न ५ वटा मन्त्रालयको कर्मचारी दरवन्दी तेरिज स्वीकृत गरेको गरेको छ । बुधबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद बैठकले प्रदेशको ती मन्त्रालयको कर्मचारी दरवन्दी तेरिज स्वीकृत गरेको आन्तरिक मामिला तथा कानून मन्त्री एवम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए । बैठकलले आन्तरिक मामिला तथा कानून...

आज हेटौंडामा एन्फाको साधारण सभा हुँदै

मकवानपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक साधारण सभा आज हेटौंडामा हुँदैछ । साधारण सभामा एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङमाथि अविश्वासको प्रस्तावमाथि पनि छलफल र मतदान हुने एन्फा केन्द्रिय समिति सदस्य एवम् मकवानपुर जिल्ला अध्यक्ष टिकाराम लामाले जानकारी दिए । उनका अनुसार, साधारण सभाअघि आज नै हेटौंडामा...

बागमती प्रदेश भ्रमण वर्ष २०२४ घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय

मकवानपुर । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश भ्रमण वर्ष २०२४ घोषणा गर्ने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । सरकारका प्रवक्ता समेत रहेका श्रेष्ठका अनुसार, उक्त विषयको...

बागमती सरकारले प्रदेश प्रमुख कार्यालयका लागि बजेट उपलब्ध गराउने

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश प्रमुखको कार्यालय हेटौंडाको सवलिकरणका लागि बजेट उपलब्ध गराउने निर्णय गरेको छ । बुधबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले उक्त कार्यालयको लागि १० लाख रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री एवम् सरकारका प्रवक्ता गंगाानारायण श्रेष्ठले जानकारी दिए । उनका...

बागमती प्रदेश सरकारद्वारा तीन कर्मचारीलाई बढुवा गर्ने निर्णय

मकवानपुर । बागमती प्रदेश सरकारले तीन जना कर्मचारीलाई ११ औं तह (प्रदेश सचिव) पदमा बढुवा गर्ने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा कार्यरत तीन जनालाई कर्मचारीलाई ११ औं तहमा बढुवा गर्ने निर्णय गरेको प्रदेशक आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् सरकारका प्रवक्ता...