समाचार
टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु
पाल्पा । पाल्पामा बुधबार टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाल्पाको निस्दि गाउँपालिका ७ स्थित ज्यामिरे अरुणखोला भित्री कच्ची सडकमा चुनढुङ्गा लिएर आएको लु २ ख ५२९ नम्बरको टिपर ब्रेक फेल भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पाल्पाको पूर्वखोला गाउँपालिका २...
हेटौंडामा विद्यालयस्तरीय खुल्ला कविता प्रतियोगिता हुँदै
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा विद्यालयस्तरीय खुल्ला कविता प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता साहित्य संगम मकवानपुर र युग प्रकाश क्लब हेटौंडाको संयुक्त आयोजनामा हुने भएको हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा यही कात्तिक २६ गते विद्यालयस्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको साहित्य संगम मकवानपुरका अध्यक्ष डिबी...
राप्रपा अध्यक्ष लिङ्देन स्वदेश फर्किए
काठमाडौं । संयुक्त राज्य अमेरिकाको १२ दिने भ्रमण सकेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) को निमन्त्रणामा अमेरिका भ्रमणमा गएका अध्यक्ष लिङ्देन स्वदेश फर्किएका हुन् । सो क्रममा उनले विभिन्न राज्यमा भएका विविध कार्यक्रममा सहभागी जनाएका थिए । अध्यक्ष लिङ्देनद्वारा...
मामाघर नेपाल मकवानपुरलाई नगद र जर्सी सेट सहयोग
मकवानपुर । सडक बालबालिका व्यवस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुरलाई नगद र जर्सी सेट सहयोग भएको छ । मामाघर नेपाललाई हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ चौकीटोल घर भई हाल अमेरिकामा बस्दै आएका श्याम लामा डिम्डुङ र कृष्ण डिम्डुङ्गले नगद र जिन्सी सहयोग गरेका हुन् । सडक जिवनबाट संस्थागत जीवन बाँचिरहेका...
एमालेको सचिवालय बैठक आह्वान
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने गरी आह्वान गरिएको छ । बैठक बुधबार दिउँसो १२ बजे बस्ने गरी आह्वान गरिएको हो । बैठक पार्टी मुख्यालय च्यासल ललितपुरमा बस्ने गरी बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार, बैठकमा जाजरकोटमा भूकम्पबाट भएको धनजनको क्षति...
एन्फाको साधारण सभा हेटौंडामा हुने
मकवानपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक साधारण सभा हेटौंडामा हुने भएको छ । साधारण सभा भोलि कात्तिक २३ गते बिहीबार हेटौंडा हुने भएको हो । साधारण सभामा एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङमाथि अविश्वासको प्रस्तावमाथि पनि छलफल र मतदान हुने एन्फा केन्द्रिय समिति सदस्य एवम् मकवानपुर जिल्ला...
हेटौंडाका पोखरेल भए इन्टरनेसनल हाइड्रोपावर एसोसिएसनको उपाध्यक्ष
मकवानपुर । हेटौंडाका सुशील पोखरेल इन्टरनेसनल हाइड्रोपावर एसोसिएसन (आईएचए) को उपाध्यक्षमा निर्वाचित भएका छन् । बिजबेलका संस्थापकसमेत रहेका युवा जलविद्युत् उद्यमी पोखरेल वर्ष २०२३–२५ का लागि इन्टरनेशनल हाइड्रोपावर एसोसिएसनको उपाध्यक्षमा निर्वाचित भएका हुन् । गत कात्तिक १४ देखि १६ गतेसम्म इन्डोनेसियाको बालीमा आयोजित ‘अन्तर्राष्ट्रिय जलविद्युत् सम्मेलन, २०२३’ को क्रममा...
यू–२१ हेटौंडा च्यालेन्ज कप फुटबल प्रतियोगिता हुँदै
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा स्व.सदुर्शन घिमिरे स्मती यू–२१ हेटौंडा च्यालेन्ज कप फुटबल प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगिता एफसी मुण्डियाल हेटौंडाले आयोजना गर्न लागेको हो । प्रतियोगिता ‘राष्ट्रिय खेलाडी बन्ने होड, उत्पादनमा जोड’ भन्ने नारासहित आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक सुदिप सिंह ठकुरीले जानकारी दिए । हेटौंडा उपमहानगरपालिका...
जाजरकोट भूकम्प : ७४ जना गम्भीर घाइते
काठमाडौं । जाजरकोटमा गत कात्तिक १७ गते शुक्रबार गएको शक्तिशाली भूकम्पमा परे ७४ जना गम्भीर घाइते भएका छन् । भूकम्पमा परेर गम्भीर घाइते उनीहरुको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, घाइतेहरुमध्ये १९ जनाको प्रादेशिक अस्पताल सुर्खेत र ४६ जनाको नेपालगञ्जको भेरी...
आज देशको पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका र त्यसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार, आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । यस्तै, आज...









