राप्रपा अध्यक्ष लिङ्देन स्वदेश फर्किए
काठमाडौं । संयुक्त राज्य अमेरिकाको १२ दिने भ्रमण सकेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन् ।
पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) को निमन्त्रणामा अमेरिका भ्रमणमा गएका अध्यक्ष लिङ्देन स्वदेश फर्किएका हुन् ।
सो क्रममा उनले विभिन्न राज्यमा भएका विविध कार्यक्रममा सहभागी जनाएका थिए ।
अध्यक्ष लिङ्देनद्वारा टेक्ससको ड्यालसमा पानस अमेरिकाको तेस्रो राष्ट्रिय अधिवेशनको समुद्घाटन र सम्बोधन गरेका थिए ।
अध्यक्ष लिङ्देनले अमेरिकाको टेक्सस, ईन्डियाना, ओहायो, वाशिडंटन डिसी, न्यूयोर्क,बाल्टिमोर लगायतका मुख्य सहरहरूमा नेपाली समुदाय, पानसका विभिन्न समितिहरूसँग भेटघाट र साक्षात्कार गरेका थिए ।
