मकवानपुर छोडर काठमाडौं किन रोजे कमल थापाले
यस अघि मकवानपुरबाट निर्वाचन लड्दै आएका कमल थापा आउँदो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौंबाट उम्मेदवार हुने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वअध्यक्ष कमल थापालाई काठमाडौँ क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले मकवानपुर त्यागेको पुष्टि भएको हो ।
यसअघि क्षेत्रीय कमिटीले डा। प्रकाशचन्द्र लोहनी, केशव रेग्मी, हेमजंग गुरुङ, नवीन खड्का र हिक्मतजंग कार्कीको नाम सिफारिस गरेको थियो। सिफारिसमा थापाको नाम समावेश थिएन । सिफारिस नै नभए पनि अध्यक्ष लिङ्देनले थापालाई टिकट दिएका हुन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले काठमाडौँ–५ सहित ६ वटा क्षेत्रको टिकट टुङ्गिएको बताए ।
थापा नेतृत्वको राप्रपा नेपालुलाई राप्रपामा मिसाउँदा उनले आफू निःसर्त पार्टीमा आएको बताएका थिए । पटकपटक गरी ९ पटक मन्त्री र उपप्रधानमन्त्रीसमेत भएका थापा यसपटक पुनः निर्वाचन उठ्न लागेका हुन् ।
