राना र बर्तौला मकवानपुरमा एमालेका तर्फबाट उम्मेदवार
२०८२ माघ ६, मंगलवार २०:१२
प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरमा नेकपा एमालेले क्षेत्र नम्बर १ मा रामेश्वर राना र क्षेत्र नम्बर २ मा महेश बर्तौलालाई उम्मेदवार बनाएको छ । राना र बर्तौलाले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन् ।
यस अघि प्रतिनिधिसभा सदस्य रहेका बर्तौलालाई एमालेले पुनः उम्मेदवार बनाएको हो भने मकवानपुर इन्चार्ज रहेका रानालाई क्षेत्र नम्बर १ को उम्मेदवार बनाएको हो ।यस अघि तहगत रुपमा केन्द्रीय समितिमा उम्मेदवारहरुको नाम सिफारिस गरिएको थियो ।
