ओली र लेखकलाई छोड्न महरको माग

तु खबर संवाददाता
२०८२ चैत्र २३, सोमबार १५:१९
तस्विर : प्रतिनिधिसभा, नेपाल ।

नेकपा एमालेका सांसद ऐनबहादुर महरले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महरले प्रतिशोध र पूर्वाग्रहको राजनीति बन्द गर्न आग्रह समेत गरेका छन् । उनले ओली र लेखकलाई तत्काल थुनामुक्त गर्न माग गरेका हुन् ।

सरकारले पछिल्लो पटक गरेका विभिन्न निर्णयहरुमाथि पनि महरले प्रश्न उठाएका छ्न । विशेष गरी ट्रेड युनियन खारेजी र विद्यार्थी संगठन खारेजीको उनले विरोध गरेका हुन् ।

सरकारले गैरकानुनी ढंगबाट ओली र लेखकलाई पक्राउ गरेकोमा थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन समेत दर्ता भएको छ ।

गत भदौं २३ गते भएको घटनामा ओली र लेखक लगायतकालाई दोषी देखाउँदै जाँचबुझ आयोगले उनीहरुलाई ज्यान मुद्धामा कारवाही गर्न सरकारलाई सिफारिस गरेको थियो । सो सिफारिस पछि प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षमा बसेको मन्त्रिपरिषद् बैठकले सो प्रतिवेदनलाई आंशिक रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको थियो । निर्णयकै भोलिपल्ट प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो ।