कांग्रेस सभापति गगन थापा अमरेश सिंहसँग पराजित

तु खबर संवाददाता
२०८२ फाल्गुन २४, आईतवार ०५:५९

नेपाली कांग्रेसका सभापति गगन थापा प्रतिनिधिसभाको निर्वाचनमा पराजीत भएका छन् । सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार भएका थापा रास्वपाका अमरेशकुमार सिंहसँग पराजित भएका हुन् । अमरेशले ३५ हजार ६८८ मतले ल्याउँदा गगनले २२ हजार ८३१ मत प्राप्त गरेका छन् ।

कांग्रेसको दोस्रो महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका उनलाई कांग्रेसले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको थियो ।

२०७९ सालमा नेपाली कांग्रेसबाट टिकट नपाएपछि उनी स्वतन्त्र उठेका थिए । स्वतन्त्र उठे पनि विजयी भएका अमरेश अहिले रास्वपका तर्फबाट उम्मेदवार थिए । संसदमा विभिन्न मुद्धाहरुमा व्यक्त विचार र शैलीका कारण उनी चर्चामा आउने गरेका थिए ।