प्रतिनिधिसभामा उठ्न हर्क सम्पाङद्वारा राजीनामा, खरेलको टुंगो छैन

तु खबर संवाददाता
२०८२ माघ ४, आईतवार २०:४१

धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभामा उम्मेदवारी दिने घोषणा गरेका उनले प्रमुखबाट राजीनामा दिएका हुन् ।आइतबार बसेको कार्यपालिका बैटकमा उपप्रमुख आइन्द्रबिक्रम बेघालाीई राजीनामा बुझाएका साम्पाङ सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने भएका हुन् ।

केही समयअघि श्रम शक्ति पार्टी निर्माण गरेर अध्यक्ष भएका सम्पाङ नेपालको प्रधानमन्त्री बन्ने भन्दै जेन जी आन्दोलनलगत्तै काठमाडौँ पुगेका थिए ।

यसैबीच, सरकारका प्रवक्ता सञ्चारमन्त्री जगदीश खरेलले आफूले चुनाव उठ्ने वा नउठ्ने केही नभनेको बताएका छन् । पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री खरेलले आफू प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बन्ने विषयमा केही निर्णय नगरेको बताएका हुन् ।

खरेल ललितपुरबाट प्रतिनिधिसभाको निर्वाचन उठ्ने तयारीमा रहेको सूचनाहरु सार्वजनिक भएपछि पत्रकारले सोधेको प्रश्नमाको जवाफ दिँदै उनले यसबारे निर्णय नगरिएको बताएका हुन् ।