समाचार

जाजरकोट भूकम्प : ७४ जना गम्भीर घाइते

काठमाडौं । जाजरकोटमा गत कात्तिक १७ गते शुक्रबार गएको शक्तिशाली भूकम्पमा परे ७४ जना गम्भीर घाइते भएका छन् । भूकम्पमा परेर गम्भीर घाइते उनीहरुको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, घाइतेहरुमध्ये १९ जनाको प्रादेशिक अस्पताल सुर्खेत र ४६ जनाको नेपालगञ्जको भेरी...

आज देशको पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका र त्यसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार, आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । यस्तै, आज...

भूकम्प प्रभावितलाई बागमती प्रदेशमा कार्यरत कर्मचारीले सहयोग गर्ने

मकवानपुर । बागमती प्रदेश सरकारमा कार्यरत कर्मचारीले जाजरकोट र रुकुमपश्चि लगायतको जिल्लाका भूकम्प पीडितका लागि सहयोग रकम उपलब्ध गराउने भएको छ । मंगलबार बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायको अध्यक्षतामा बसेको बैठकले भूकम्प पीडितहरूको राहत उद्धार र पुनः स्थापनाका लागि १ करोड २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको...

तुइनबाट खसेर बेपत्ता पुरुष मृत अवस्थामा भेटिए

हुम्ला । हुम्लामा तुइन चढ्ने क्रममा कर्णाली नदीमा खसेर बेपत्ता भएका एक पुरुष सोमबार मृत अवस्थामा भेटिएका छन् । जिल्लाको सर्केगार्ड गाउँपालिका–२ ल्याप्चेस्थित कर्णाली नदीमा खसेर बेपत्ता भएका मुगु सोरु गाउँपालिका–५ नेर घर भएका ३८ वर्षीय मकर सिंह नेपाली मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृतक...

फेरी सर्ने भयो कांग्रेस महासमिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले महासमितिको बैठकको मिति फेरी सर्ने भएको छ । आगामी मंसिर २९ देखि पुस २ सम्म संचालन हुने गर्ने गरी तोकिएको महासमिति बैठक फेरी पुस १५ पछि बस्ने गरी सार्ने भएको हो । गत कात्तिक ५ गते बसेको कार्यसम्पादन समितिको बैठकले भूकम्प र हलका कारणले बैठक...

अखिल क्रान्तिकारीले भूकम्प पीडितलाई १० लाख उपलब्ध गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितहरुका लागि १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । आज मंगलबार कोटेश्वर पेरिसडाँडामा बसेको संगठनको कार्यालयको बैठकले उक्त निर्णय गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष नरेश रेग्मीले जानकारी दिए । उनका अनुसार, आफ्नै संगठनका सदस्यहरुसँग आन्तरिक...

मंगलबार दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सोमबार २१.३० अंकले बढेर १८४७.५४ विन्दुमा कायम भएको नेप्से परिसूचक आज नेप्से ११.२२ अंकले बढेर १८५८.७६ विन्दुमा पुगेर रोकिएको हो । यस्तै, आज नेप्सेमा सूचीकृत २८५ कम्पनीहरुको ४३ लाख ३१ हजार २२९ कित्ता...

मकवानपुरमा डेंगु संक्रमितको कुल संख्या ७४० पुग्यो

मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगु संक्रमितको कुल संख्या ७४० पुगेको छ । जिल्लामो पछिल्लो २४ घण्टामा थप ७ जनामा डेंगु संक्रमित फेला परेसँगै कुल संख्या ७४० पुगेको हो । जसमा ३७९ पुरुष र ३६१ महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका...

गौतमबुद्ध रंगशाला निर्माणको लागि बागमती सरकारले सहकार्य गर्ने

मकवानपुर । बागमती प्रदेश सरकारले चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि भरतपुर महानगरपालिकासँग सहकार्य गर्ने भएको छ । बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाबीच आज हेटौंडामा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मक्टटेल र भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालबीच उक्त रंगशालाको काम अगाडि...

हेटौंडामा अनुगमन टोलीद्वारा २ वटा पसल संचालकलाई कारबाही

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानरपालिका बजार क्षेत्रमा सोमबार अनुगमन गरिएको छ । संयुक्त बजार अनुगमन टोलीले उपमहानगरपालिका क्षेत्रभित्र संचालित विभिन्न ६ वटा पसल तथा व्यवसायको अनुगमन गरेको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईँको नेतृत्वमा गरिएको अनुगमन टोलीले सो क्रममा उपभोक्ता...