अखिल क्रान्तिकारीले भूकम्प पीडितलाई १० लाख उपलब्ध गर्ने

तु खबर संवाददाता
२०८० कार्तिक २१, मंगलवार १७:०९
file-photo

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितहरुका लागि १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

आज मंगलबार कोटेश्वर पेरिसडाँडामा बसेको संगठनको कार्यालयको बैठकले उक्त निर्णय गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष नरेश रेग्मीले जानकारी दिए ।

उनका अनुसार, आफ्नै संगठनका सदस्यहरुसँग आन्तरिक रुपमा रकम संकलन गरी उक्त रकम भूकम्प पीडितहरुलाई सहयोग गर्ने निर्णय गरिएको हो ।

आर्थिक संकलनका लागि संगठनको कार्यालय टिम, पदाधिकारी, सदस्यहरुको लागि फरक–फरक मापदण्ड बनाइएको छ ।

भूकम्प गएलगत्तै अखिल क्रान्तिकारी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनामा सक्रिय रहेको उनले जानकारी दिए ।

गत कात्तिक १७ गते शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएको गएको शक्तिशाली भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमसहित ११ जिल्ला प्रभावित बनेको छ ।