आज देशको पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका र त्यसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
महाशाखाका अनुसार, आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
