समाचार

सांसद् सिंहद्वारा एष्ट्रोनोभा फाउण्डेशनले निर्माण गरिरहेको ल्याबको अवलोकन

हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–१ का सांसद् एवम् पूर्व उर्जा राज्यमन्त्री दिपकबहादुर सिंहले एष्ट्रोनोभा फाउण्डेशन नेपालले सञ्चालन गर्न लागेको प्रस्तावित क्रियटिभिटी एण्ड इनोभेशन वर्कसप ल्यावरोटरी एएफएन टिङ्करिङ ल्याबको अवलोकन गरेका छन् । सांसद् सिंहले हेटौंडा–५ स्थित निर्माणाधिन उक्त ल्यावको अवलोकन गरी निर्माण सम्पन्न गर्न आफुले सहयोग गर्ने...

विरगञ्जबाट पक्राउ परे मकवानपुरका राई

विरगञ्ज । मकवानपुरका कृष्णबहादुर राई अवैध लागूऔषधसहित विरगञ्जबाट पक्राउ परेका छन् । राई लागूऔषध नाईट्राभेट ५ सय २५ ट्याब्लेटसहित विरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट सोमबार पक्राउ परेको प्रहरीले जनाएको छ । राईलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ...

प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ करोड ९५ लाख रकम उपलब्ध

काठमाडौँ । भूकम्प पीडितहरुका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ५ करोड ९५ लाख रुपैयाँ रकम उपलब्ध भएको छ । गत आइतबारदेखि मंगलबारसम्ममा उक्त रकम कोषमा जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको आर्थिक प्रशासन शाखाका प्रमुख सूर्य भण्डारीले जानकारी दिए । उनका अनुसार, सहयोगी दाताहरुबाट प्रधानमन्त्रीलाई हस्तान्तरण भएको चेक...

एमालेद्वारा केन्द्रीय कमिटीको बैठक आह्वान

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । पार्टी कार्यालय च्यासलमा बुधबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । बैठकले आगामी मंसिर ६ गते बस्ने गरी केन्द्रीय कमिटीको बैठक आह्वान गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । त्यस्तै, बैठकले आगामी मंसिर...

भूकम्प प्रभावित क्षेत्रमा एमालेले १ हजार स्वयंसेवक खटाउने

काठमाडौं । नेकपा एमालेले भूकम्प प्रभावित क्षेत्रमा १ हजार स्वयंसेवक खटाउने भएको छ । एमालेको बुधबार बसेको सचिवालय बैठकले जाजरकोट र रुकुम पश्चिका भूकम्प पीडितको आवास निर्माणमा एक हजार स्वयंसेवक खटाउने निर्णय गरेको हो । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, आवास निर्माणका लागि आगामी मंसिर १ गतेबाट एक हजार स्वयंसेवक...

मकवानपुरमा डेंगु संक्रमितको कुल संख्या ७४४ पुग्यो

मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगु संक्रमितको कुल संख्या ७४४ पुगेको छ । जिल्लामो पछिल्लो २४ घण्टामा थप ५ जनामा डेंगु संक्रमित फेला परेसँगै कुल संख्या ७४४ पुगेको हो । जसमा ३८२ पुरुष र ३६२ महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका...

लागूऔषधसहित हेटौंडाबाट दुई नाबालक पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले भारत गान्धिनगर–८ बस्ने १७ वर्षीय र वीरगञ्ज महानगरपालिका मेडिकल कलेज बस्ने १६ वर्षीय दुई नाबालकलाई पक्राउ गरेको हो । उनीहरुलाई लागूऔषध ओनरेक्स ४५ बोत्तलसहित पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले...

शेयर बजारमा बुधबार झिनो अंकको सुधार

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा सुधार आएको छ । बुधबार नेप्से परिसूचक ५.१७ अंकले बढेर १८६३.९४ विन्दुमा कायम भएको हो । यस्तै, आज नेप्सेमा सूचीकृत २८८ कम्पनीहरुको ३१ लाख ५७ हजार ६२ कित्ता शेयर किनबेच भएको छ भने ७८ करोड २७ लाख ४३...

मकवानपुर प्रहरीद्वारा अवैध चिनी र पटका बरामद

मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ चुरियामाई पिपल चौतारास्थित पुर्व–पश्चिम सडकखण्डबाट अवैध चिनी र पटका बरामद गरेको छ । प्रहरीले चिनी १ बोरा अन्दाजी ५० किलो, नागिन पटका १२ वटा पोका (८,४०० पिस ),चक्कर पटका १ प्याकेट (१० पिस), बुलेट बम पटका –२ प्याकेट (२० पिस)...

अवैध लागूऔषधसहित १५ जना पक्राउ

मकवानपुर । प्रहरीले अवैध लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुर, कैलाली, रुपन्देही, बर्दिया, झापा र बाँके गरी ६ वटा जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले कञ्चनपुरको भिमदत्त नगरपालिका–१० गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम ७ मिलिग्रामसहित मंगलबार साँझ दुई जनालाई पक्राउ गरेको...