विरगञ्जबाट पक्राउ परे मकवानपुरका राई

तु खबर संवाददाता
२०८० कार्तिक २२, बुधबार १७:३७
file-photo

विरगञ्ज । मकवानपुरका कृष्णबहादुर राई अवैध लागूऔषधसहित विरगञ्जबाट पक्राउ परेका छन् ।

राई लागूऔषध नाईट्राभेट ५ सय २५ ट्याब्लेटसहित विरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट सोमबार पक्राउ परेको प्रहरीले जनाएको छ ।

राईलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।