एमालेद्वारा केन्द्रीय कमिटीको बैठक आह्वान
काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । पार्टी कार्यालय च्यासलमा बुधबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।
बैठकले आगामी मंसिर ६ गते बस्ने गरी केन्द्रीय कमिटीको बैठक आह्वान गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
त्यस्तै, बैठकले आगामी मंसिर १४ गतेदेखि मध्यपहाडी लोकमार्गमा ‘झुलाघाट–चिवा भन्ज्याङ’ अभियान गर्ने निर्णयसमेत गरेको उपमहासचिव ज्ञवालीले बताए ।
