समाचार
साता कारोबार आज अन्तिम दिन शेयर बजारमा गिरावट
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा गिरावट आएको छ । आज तिहार अघिको कारोबारको अन्तिम दिन शेयर बजार दोहोरो अंकको गिरावट आएको हो । आज नेप्से परीसूचक ११.८५ अंकले घटेर १८५२ विन्दुमा कायम भएको छ । यस्तै, आज नेप्सेमा सूचीकृत २८२ कम्पनीहरुको २८ लाख...
अवैध लागूऔषधसहित पक्राउ
मकवानपुर । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टछुट्टै स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले बारा र अर्घाखाँची जिल्लाको विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको हो । प्रहरीले बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वास्थित नहर चोकबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोग्रामसहित ३ जनालाई बुधबार राति पक्राउ गरेको छ । पक्राउ...
१७ अर्ब ८५ करोडको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले १७ अर्ब ८५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । बैंकले कात्तिक २४ गते जारी गर्नेगरी ९१ दिने र १८२ दिने गरी दुई किसिममा कूल १७ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल शुक्रबार गर्ने भएको हो । उक्त ट्रेजरी नयाँ...
बागमती प्रदेश प्रमुख शर्माद्वारा दुई वटा विधेयक प्रमाणीकरण
मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले बिहीबार दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख शर्माले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० र प्रदेश संचारमाध्यक व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको...
प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब उपलब्ध गराउने
काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलव भूकम्प पीडितलाई उपलब्ध गराउने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री र मन्त्रीहरुको एक महिनाको तलव भूकम्प प्रभावितहरुलाई दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् रहेकी सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् । यस्तै, बैठकले इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये ५...
पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्ने
काठमाडौँ । नेपाल सरकारले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्ने भएको छ । बिहीबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार, बैठकले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत नियुक्त गर्ने निर्णय गरेको हो । हाल विभिन्न...
खुकुरी प्रहार तथा कुटपिट गरी हत्या, दुई जना पक्राउ
मकवानपुर । प्रहरीले दुई वटा विभिन्न घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा र पर्सा जिल्लाबाट एक÷एक जनालाई विभिन्न घटनामा पक्राउ गरेको हो । प्रहरीले झापाबाट आफ्नै भिनाजुलाई खुकुरी र बाँस प्रहार गरी हत्या गरेको आरोपमा बुधबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको...
हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१९ तीनताप्केमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग सडकखण्ड अन्तर्गत शिद्वकालीबाट बस्तिपुरतर्फ आउँदै गरेको बा प्र ०२–०३९ प ७३०५ नम्बरको मोटरसाइक आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार,...
जाजरकोटमा फेरि भूकम्पको धक्का महसुस
काठमाडौं । जाजरकोटमा आज बिहान फेरि भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ३ बजेर ६ मिनेटमा ४.२ रेक्टरको भुकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गत कात्तिक १७ गते शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर शक्तिशाली भुकम्प भएको थियो । त्यसयता...
दुर्घटनामा परेर युवकको घटनास्थलमै मृत्यु
बाँके । बाँकेको कोहलपुर–२ प्रेमनगर नजिकै कृषि चोकमा गएराति सवारी दुर्घटनामा परेर एक युवकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको घटनास्थलमै मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सुदूरपश्चिमबाट काठमाडौंतर्फ जाँदै गरेको ००१ ख २४३२ नम्बरको मालबाहक ट्रकले...










