साता कारोबार आज अन्तिम दिन शेयर बजारमा गिरावट

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा गिरावट आएको छ ।
आज तिहार अघिको कारोबारको अन्तिम दिन शेयर बजार दोहोरो अंकको गिरावट आएको हो । आज नेप्से परीसूचक ११.८५ अंकले घटेर १८५२ विन्दुमा कायम भएको छ ।
यस्तै, आज नेप्सेमा सूचीकृत २८२ कम्पनीहरुको २८ लाख ३३ हजार ७३१ कित्ता शेयर किनबेच हुँदा ८३ करोड ६० लाख बराबरको कारोबार भएको छ ।
शेयर बजार घटेसँगै आज १३ वटै उपसूचकमा रातो पोतिएको छ ।