जाजरकोटमा फेरि भूकम्पको धक्का महसुस
काठमाडौं । जाजरकोटमा आज बिहान फेरि भूकम्पको धक्का महसुस भएको छ ।
आज बिहान ३ बजेर ६ मिनेटमा ४.२ रेक्टरको भुकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गत कात्तिक १७ गते शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर शक्तिशाली भुकम्प भएको थियो ।
त्यसयता झण्डै साढे ६ सय परकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरले जनाएको छ ।