समाचार
सरकारले विपद्, पीडित, उद्धार र राहत सम्बन्धी मापदण्ड संशोधन गर्ने
काठमाडौं । सरकारले विपद्, पीडित, उद्धार र राहत सम्बन्धी मापदण्ड संशोधन गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले बिहीबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै आज सो बारे जानकारी गराएकी हुन् । यस्तै, बैठकले संयुक्त राष्ट्रको खाद्य तथा कृषि संगठनको आयोजनमा मिति...
ग्रामीण महिला दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ग्रामीण महिला दिवसको अवसरमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रम मकवानपुर महिला समुहले आयोजना गरेको हो । कार्यक्रम मकवानपुर महिला समुहको अध्यक्ष कमला सुवेदीको अध्यक्षतामा भएको हो । सो छलफलको क्रममा सहभागी महिलाहरुले आफुहरुले विभिन्न समस्याहरु भोग्दै आइरहेको बताउँदै विशेष...
भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा साढे २६ हजार घर पूर्ण क्षति
काठमाडौं । गत कत्तिक १७ गते शुक्रबा राति जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा मात्रै झण्डै साढे २६ हजार घर पूर्ण क्षति भएको छ । भस्कम्पबाट रुकुमपश्चिम र जाजरकोटमा गरी २६ हजार ३७० घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । उक्त भूकम्पबाट ११ जिल्लामा प्रभाव परेको...
खैरो हेरोइनसहित तामाङ पक्राउ
मोरङ । मोरङको विराटनगर महानगरपालिका–१६ दक्षिण गेटबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोईनसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध खैरो हेरोईन ११ मिलिग्रामसहित शुक्रबार एक पुरुषलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा केराबारी गाउँपालिका–६ बस्ने ३२ वर्षीय भक्तबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ईलाका...
राक्सिराङको ठाडेचुरीमा आयुर्बेद औषधालय भवनको शिलान्यास
मकवानपुर । मकवानपुरको राक्सिराङ्ग गाउँपालिका वडा नम्वर ५ स्थित ठाडेचुरीमा शुक्रबार आयुर्बेद औषधालय भवन निर्माणको लागि शिलान्यास गरिएको छ । वन जङ्गलमा पाइने जडीबुटीको प्राचिन वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरीको जन्म जयन्तिको अवसरमा उक्त भवन निर्माणको लागि शिलान्यास गरिएको हो । औषधालय भवनको शिलान्यास गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गरेका...
एमाले मकवानपुरको शुभकामना तथा चियापान कार्यक्रम
मकवानपुर । नेकपा एमाले मकवानपुरले शुक्रबार हेटौंडामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । एमाले मकवानपुरले नेपालीहरुको महान पर्व बडादसैँ, शुभ दिपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना तथा चियापान कार्यक्रको आयोजना गरेको हो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुरका इन्चार्ज देवि ज्ञवाली, बागमती...
मकवानपुरमा राति ९ बजेपछि देउँसी भैलो खेल्न नपाइने
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले राति ९ बजेपछि देउँसी भैलो खेल्नमा रोक लगाएको छ । प्रशासनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राति ९ बजेपछि देउँसी भैलोलगायतका साँस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमहरु नगर्न आग्रह गरेको हो । यसैगरी, प्रशासनले देउँसी–भैलो लगायतको साँस्कृतिक कार्यक्रम गर्दा अन्य व्यक्ति, छिमेकी, टोल, समुदाय र सार्वजनिक...
जाजरकोट भूकम्प : थप एक जनाको मृत्यु
सुर्खेत । जाजरकोट भूकम्पमा परेर घाइते भएका थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१ बस्ने ३२ वर्षीय निरक विष्ट रहेका छन् । विष्टको उपचारका क्रममा आज बिहान कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको रुकुम पश्चिमका प्रहरीले जनाएको छ । उक्त अस्पतालमा उपचाररत २६ जनामध्ये उनको बिहान...
इस्टोनिया पठाइदिन्छु भन्दै ३४ लाख ठगी गर्ने पक्राउ
काठमाडौं । इस्टोनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हाल तार्केश्वर नगरपालिका–१ बस्ने गोरखा पृथ्वी नारायण नगरपालिका–६ का ३५ वर्षीय राजेश श्रेष्ठ रहेका छन् । श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बुधबार काठमाडौं महानगरपालिका–१० नयाँबानेश्वरबाट पक्राउ गरेको...
अर्थ समितिको बैठक आज बस्दै
काठमाडौं । आज अर्थ समितिको बैठक बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा मुलुकको विद्यमान आर्थिक अवस्था र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षा सम्बन्धमा अर्थमन्त्री र सचिव (अर्थ र राजश्व) सँग छलफल हुने जनाइएको छ । यस्तै,...









