अर्थ समितिको बैठक आज बस्दै

तु खबर संवाददाता
२०८० कार्तिक २४,शुक्रबार ०९:५८
file-photo

काठमाडौं । आज अर्थ समितिको बैठक बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा बस्ने गरी आह्वान गरिएको हो ।

सो बैठकमा मुलुकको विद्यमान आर्थिक अवस्था र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षा सम्बन्धमा अर्थमन्त्री र सचिव (अर्थ र राजश्व) सँग छलफल हुने जनाइएको छ ।

यस्तै, बैठकमा १६ औं पञ्चवर्षिय योजना सम्बन्धमका साथै मौद्रिक नीति र नयाँ स्टक एक्सचेञ्ज सम्बन्धमा छलफल हुने जनाइएको छ ।