खैरो हेरोइनसहित तामाङ पक्राउ

तु खबर संवाददाता
२०८० कार्तिक २४, शुक्रबार १६:२३
सांकेतिक तस्बिर

मोरङ । मोरङको विराटनगर महानगरपालिका–१६ दक्षिण गेटबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोईनसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले लागूऔषध खैरो हेरोईन ११ मिलिग्रामसहित शुक्रबार एक पुरुषलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा केराबारी गाउँपालिका–६ बस्ने ३२ वर्षीय भक्तबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि प्रहरी आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।