समाचार

नेपालमा टिकटक बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द गरिने भएको छ । नेपाल सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो । टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम भइरहेको भन्दै त्यसलाई बन्द गर्ने निर्णय गरिएको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।...

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

मोरङ । मोरङमा २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई शुक्रबार पक्राउ गरेको छ । प्रहरीले ग्रामथान गाउँपालिका–१ लखन्तरी टावर चोक बस्ने १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो । उनलाई प्रहरी चौकी झोराहाटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, किशोरले ती महिलालाई जबरजस्ती करणी...

तिहारपछि भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण सुरु गरिने

सुर्खेत । कर्णाली प्रदेशको भूकम्प प्रभावित क्षेत्रमा पुननिर्माण सुरु गरिने भएको छ । प्रदेश सरकारले तिहारपछि भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको कार्य सुरु गर्ने निर्णय गरेको हो । शुक्रबारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले भूकम्पका कारण ध्वस्त भएका संरचनाको पुनर्निर्माण सुरु गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा...

हजका लागि आवेदन दिने म्याद थप

काठमाडौं । यसपालि सन् २०२४ (हज १४४५) को हजयात्राका लागि आवेदन दिने म्याद थप गरिएको छ । नेपाल हज समितिको सचिवालयले हज यात्राका लागि आवेदन दिने म्याद थप गरेको हो । हजयात्रामा जानका लागि इच्छुक नेपाली इस्लाम धर्मावलम्बीलाई कात्तिम २२ गतेसम्म आवेदन दिन आह्वान गरेको थियो । समितिले मयाद...

एफसी लामिटा र खेलकुद विकास समिति मनहरी–२ ‘ए’ फाइनलमा प्रवेश

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–२ मा प्रथम वडा अध्यक्ष भिमान स्मृति फुटबल प्रतियोगिता हाज जारी छ । खेलकुद विकास समिति मनहरी–२ ले नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसरमा आयोजना गरेको उक्त प्रतियोगिता गत कात्तिक सुरु भएको हो । प्रतियोगिताको छैटौं दिन अर्थात शनिबार दुई वटा खेल भएको थियो ।...

यस्तो रहनेछ आजको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको पूर्वानुमामा हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको उल्लेख गरिएको छ । त्यसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । यस्तै, महाशाखाका अनुसार, आज...

आज तिहारको दोस्रो दिनः कुकुर पूजा र लक्ष्मी पूजा गरिंदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको आज दोस्रो दिन । आज एकैदिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । काग तिहारको भोलिपल्ट कुकुर तिहार र पर्सिपल्ट लक्ष्मीपूजा गर्ने गरिए पनि यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको हो । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको पहिलो...

नक्कली नोटसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंबाट १ जना र पर्साबाट २ जना गरी ३ जनालाई शुक्रबार पक्राउ गरेको हो । प्रहरीले काठमाडौं महानगरपालिका–९ पिङगलास्थानबाट १ हजार दरको ४ थान नक्कली नोटसहित काठमाडौं महानगरपालिका जडिबुटी बस्ने धनुषा घर भएका १८ वर्षीय किशोरलाई पक्राउ...

हेटौंडामा अचेत अवस्थामा भेटिएका खड्काको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडामा अचेत अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ नागश्वती बस्ने २७ भेषबहादुर खड्का रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार, घर परिवारसंग छुट्टिएर सोही आफ्नो पुरानो घरमा एक्लै बस्दै आएका खड्का शुक्रबार साँझ...

मकवानपुर गोल्डकपको आय–व्यय सार्वजनिक

मकवानपुर । पाँचौ संस्करणको ‘स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप’ फुटबल प्रतियोगिता–२०७९ को आय र व्यय सार्वजनिक गरिएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा गत माघ २८ गतेदेखि फागुन १० गतेसम्म संचालन भएको उक्त प्रतियोगिताको आय र व्यय शनिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । हेटौंडामा आयोजित पत्रकार...