जबरजस्ती करणी गरेको आरोपमा पक्राउ
मोरङ । मोरङमा २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई शुक्रबार पक्राउ गरेको छ ।
प्रहरीले ग्रामथान गाउँपालिका–१ लखन्तरी टावर चोक बस्ने १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।
उनलाई प्रहरी चौकी झोराहाटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, किशोरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।
