तिहारपछि भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण सुरु गरिने

तु खबर संवाददाता
२०८० कार्तिक २६,आईतवार ०९:३१
file-photo

सुर्खेत । कर्णाली प्रदेशको भूकम्प प्रभावित क्षेत्रमा पुननिर्माण सुरु गरिने भएको छ । प्रदेश सरकारले तिहारपछि भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको कार्य सुरु गर्ने निर्णय गरेको हो ।

शुक्रबारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले भूकम्पका कारण ध्वस्त भएका संरचनाको पुनर्निर्माण सुरु गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिममा पुनर्निर्माणमा सघाउँन सबै निकायसँग अपिल गरेको छ ।

यस्तै, उक्त बैठकले भूकम्पमा परेर मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेहरुको उपचारका लागि तत्काल रकम उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता जिसीले बताए ।

गत कात्तिक १७ गते राति जाजरकोटाको रामीडाँडा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो । उक्त भूकम्पबाट जाजरकोट र रुकुमपश्चिमससहित ११ जिल्लामा प्रभावित बनेको छ । सो भूकम्पमा ठूलो संख्यामा मानवीय क्षति हुनुका साथै भौतिक क्षति भएको छ ।