हजका लागि आवेदन दिने म्याद थप

तु खबर संवाददाता
२०८० कार्तिक २६,आईतवार ०९:२२

काठमाडौं । यसपालि सन् २०२४ (हज १४४५) को हजयात्राका लागि आवेदन दिने म्याद थप गरिएको छ । नेपाल हज समितिको सचिवालयले हज यात्राका लागि आवेदन दिने म्याद थप गरेको हो ।

हजयात्रामा जानका लागि इच्छुक नेपाली इस्लाम धर्मावलम्बीलाई कात्तिम २२ गतेसम्म आवेदन दिन आह्वान गरेको थियो । समितिले मयाद थप गरेर आगामी मंसिर १० गतेसम्मका लागि समय तोकेको हो ।

इच्छुक आवेदकले आवेदन फाराम नेपाल हज समितिको सचिवालयको वेबसाइटमा रहेको र थप जानकारी चाहिएमा सिंहदरबारस्थित सचिवालयमा सम्पर्क गर्न सकिने समितिले जनाएको छ ।