ग्रामीण महिला दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ग्रामीण महिला दिवसको अवसरमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
उक्त कार्यक्रम मकवानपुर महिला समुहले आयोजना गरेको हो । कार्यक्रम मकवानपुर महिला समुहको अध्यक्ष कमला सुवेदीको अध्यक्षतामा भएको हो ।
सो छलफलको क्रममा सहभागी महिलाहरुले आफुहरुले विभिन्न समस्याहरु भोग्दै आइरहेको बताउँदै विशेष गरेर ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरु अझै धेरै समस्य र चुनौतिहरुसङ्ग लड्नु परेको निष्कर्ष निकालेको थियो ।
सो क्रममा होमनेट नेपाल कार्यकारी निर्देशक तथा कार्यक्रमका सहजकर्ता ओम थपलियाले वर्तमान समयमा ग्रामीण भेगका महिलाहरुले उत्पादन गरेर बेचेको खाद्यान्न खाएर त्यही महिलालाई अधिकारबाट बन्जित गरेको उल्लेख गरे ।

कार्यक्रममा मकवानपुर महिला समुहको कार्यक्रम संयोजक निशा लामा, हिमराइटस मकवानपुरका कार्यक्रम संयोजक कुमारी वाईबा, माइती नेपाल मकवानपुरका कार्यक्रम संयोजक माया लामालगायतको सहभागिता रहेको थियो ।
