१७ अर्ब ८५ करोडको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १७ अर्ब ८५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ ।
बैंकले कात्तिक २४ गते जारी गर्नेगरी ९१ दिने र १८२ दिने गरी दुई किसिममा कूल १७ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल शुक्रबार गर्ने भएको हो ।
उक्त ट्रेजरी नयाँ नभएर पुरानै नवीकरण गरिने राष्ट्र बैंकले जनाएको छ ।
बैंकले ९१ दिनका लागि १२ अर्ब १० करोड रुपैयाँ छुट्याएको छ भने १८२ दिनेका लागि ९ अर्ब रुपैयाँ नवीकरण गरिने जारी सूचनामा उल्लेख छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि शुक्रबार अर्थात् कात्तिक २४ गते मध्यान्न १२ः ३० बजेसम्म आवेदन दिन सकिनेछन् ।
ट्रेजरीको नवीकरण भने आगामी मंसिर १ गते हुने जनाइएको छ ।