गौतमबुद्ध रंगशाला निर्माणको लागि बागमती सरकारले सहकार्य गर्ने

तु खबर संवाददाता
२०८० कार्तिक २१,मंगलवार १६:४०
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः तु खबर ।

मकवानपुर । बागमती प्रदेश सरकारले चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि भरतपुर महानगरपालिकासँग सहकार्य गर्ने भएको छ । बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाबीच आज हेटौंडामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मक्टटेल र भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालबीच उक्त रंगशालाको काम अगाडि बढाउने सहमती भएको प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले जानकारी दिइन् ।

प्रदेश सरकारले महानगरसँग पहिलो चरणमा ७५ करोड रुपैयाँको काम गर्ने गरी सहमति भएको मन्त्री मोक्तानले बताइन् । उनका अनुसार, ७० प्रतिशत लागत प्रदेश सरकारले बेर्होने र ३० प्रतिशत लागत भरतपुर महानगरले बेर्होने सहमति भएको छ ।

यस्तै, सो बैठकले छिट्टै नै ठेक्का आह्वान गरी रंगशाला निर्माणको काम अगाडि बढाइने सहमति भएको पनि मन्त्री मोक्तानले बताइन् ।