मंगलबार दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०८० कार्तिक २१,मंगलवार १६:५८
file-photo

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

सोमबार २१.३० अंकले बढेर १८४७.५४ विन्दुमा कायम भएको नेप्से परिसूचक आज नेप्से ११.२२ अंकले बढेर १८५८.७६ विन्दुमा पुगेर रोकिएको हो ।

यस्तै, आज नेप्सेमा सूचीकृत २८५ कम्पनीहरुको ४३ लाख ३१ हजार २२९ कित्ता शेयर किनबेच भएको छ भने ९९ करोड ६५ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसअघि सोमबार नेप्सेमा सूचीकृत २८३ कम्पनीहरुको ३५ लाख ५५ हजार ६७० कित्ता शेयर किनबेच हुँदा ९३ करोड ८९ लाख २९ हजार बराबरको कारोबार भएको थियो ।

नेप्से बढेसँगै आज १२ वटा उपसूचकमा हरियाली छाएको छ भने निर्जीवन बीमा उपसूचक ०.१८ प्रतिशतले घटेको जनाइएको छ ।