जाजरकोट भूकम्प : ७४ जना गम्भीर घाइते

तु खबर संवाददाता
२०८० कार्तिक २२, बुधबार ०८:३३
file-photo

काठमाडौं । जाजरकोटमा गत कात्तिक १७ गते शुक्रबार गएको शक्तिशाली भूकम्पमा परे ७४ जना गम्भीर घाइते भएका छन् ।

भूकम्पमा परेर गम्भीर घाइते उनीहरुको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, घाइतेहरुमध्ये १९ जनाको प्रादेशिक अस्पताल सुर्खेत र ४६ जनाको नेपालगञ्जको भेरी असपतालमा उपचार भइरहेको जनाएको हो ।

यसैगरी, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ८ जना र १ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रकाशित गरेर भूकम्प प्रभावित क्षेत्रका स्वास्थ्य संस्थाहरुबाट आधारभूत स्वास्थ्य सेवा सुचारु रुपमा भइरहेको र घाइतेहरुको सम्पूर्ण उपचार निःशुल्क रुपमा भइरहेको जनाएको छ ।