समाचार
अवैध लागूऔषधसहित आठ जना पक्राउ
मकवानपुर । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरी, कञ्चनपुर, काठमाडौं र सर्लाही गरी चार छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सुनसरीको दुहबी नगरपालिका–८ कदमगाछी चोकबाट अवैध लागूऔषध गाँजा करिब ३१ केजीसहित सोमबार बिहान एक जनालाई पक्राउ...
हेटौंडामा बिहानै भेटिएको शवको सनाखत
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ बनदेवी मन्दिर नजिकै आज बिहान भेटिएको शवको सनाखत भएको छ । उक्त शव बागमती प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका पीएसओ ४० वर्षीय यमबहादुर सुवेदी रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, मृतक...
हेटौंडामा सवारी दुर्घटना हुँदा सापकोटा गम्भीर घाइते
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ सालपार्कस्थित कान्तिलोकपथ सडकखण्डमा आज बिहान सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा रौतहट चन्द्रपुर नगरपालिका ३ बस्ने बर्ष ३० को फटि प्रसाद सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।...
मकवानपुरमा एक पुरुषको शव फेला
मकवानपुर । मकवानपुरको हेटौंडामा आज बिहान एक जना पुरुषको शव फेला परेको छ । बिहान साढे ६ बजेको समयमा हेटौंडा– ११ बनदेवी मन्दिर नजिकै हाल नामथर वतन नखुलेको अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार,...
अनलाइन ठगीको आरोपमा हेटौंडाका श्रेष्ठ
मकवानपुर । अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट हेटौंडाका एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा–१५ घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर १३ मा बस्दै आएका २३ वर्षीय शिरिष श्रेष्ठलाई पक्राउ गरेको हो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठले...
ब्राउन सुगरसहित तीन जना पक्राउ
पोखरा । पोखराबाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा–२१ कस्यारघाट ननिकबाट लागूऔषध बेचविखन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा पोखरा १७ का २१ वर्षीय कौशल पुन मनगर, पोखरा १३ बाँझापाटनका २१ वर्षीय प्रशान्त गुरुङ र पोखरा २१...
प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलायो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आज दिउँसो २ बजे बस्ने सरी सर्वदलीय बैठक बोलाएका हुन् । बैठक सिंहदरबारमा बस्ने भएको हो । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको जानकारी दिए ।...
सोमबार गएको परकम्पबाट १३ जना घाइते
काठमाडौं । जाजरकोटमा सोमबार गएको परकम्पबाट १३ जना घाइते भएको छ । सोमबार अपराह्न साढे ४ बजेको समयमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको परकम्पबाट उनीहरु घाइते भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, पराकम्पबाट जाजरकोटमा २ जना र रुकुम पश्चिममा ११ जना घाइते भएका हुन् । राहत र...
राष्ट्रपति आज भूकम्प प्रभावित क्षेत्रमा जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्प प्रभावित क्षेत्र जाँदैछन् । राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमतर्फ जाने भएका हुन् । सो बारे राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी गराएका हुन् । उनका अनुसार, राष्ट्रपति पौडेल आज बिहान त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । गत कात्तिक...
हेटौंडामा बजार अनुगमन, तीन वटा पसल संचालकलाई कारबाही
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानरपालिका बजार क्षेत्रमा सोमबार अनुगमन गरिएको छ । संयुक्त बजार अनुगमन टोलीले उपमहानगरपालिका क्षेत्रभित्र संचालित विभिन्न ९ वटा पसल तथा व्यवसायको अनुगमन गरेको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईँको नेतृत्वमा गरिएको अनुगमन टोलीले सो क्रममा उपभोक्ता...









