मकवानपुरमा एक पुरुषको शव फेला

तु खबर संवाददाता
२०८० कार्तिक २१, मंगलवार १०:२४
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको हेटौंडामा आज बिहान एक जना पुरुषको शव फेला परेको छ ।

बिहान साढे ६ बजेको समयमा हेटौंडा– ११ बनदेवी मन्दिर नजिकै हाल नामथर वतन नखुलेको अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, ती पुरुषको शव सालको रुखमा कालो पेटिको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

मृतक पुरुषको शव पोष्टमार्टमको लागि हाल हेटौंडा अस्पतालमा ल्याइएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिए ।