समाचार
बागमतीमा विपद्को घटनामा परेर ४१ जनाको मृत्यु
मकवानपुर । बागमती प्रदेशमा मनसुनजन्य विपद् बाढी, पहिरो, डुबान लगायत प्राकृतिक र गैर प्राकृतिक घटनामा परेर ४१ जनाको मृत्यु भएको छ । प्रदेशमा चालु आर्थिक वर्ष ०८०/०८१ को पछिल्लो ३ महिना (साउन–असोज) को अवधिमा प्राकृतिक र गैर प्राकृतिक विपद्को घटनामा परेर ४१ जनाको मृत्यु भएको प्रदेशको आन्तरिक मामिला तथा...
नक्कली कागजात बनाउने चार जना पक्राउ
काठमाडौं । भिजिट भिसामा विदेश पठाई दिने भनी नक्कली कागजातहरू बनाएको आरोपमा प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको छ । प्रहरीले नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका–५ घर भई काठमाडौं बालाजु बस्ने ४५ वर्षीय जयराम श्रेष्ठ, गोरखा सानचोक गाउँपालिका–८ घर भई काठमाडौं बसुन्धारा बस्ने ३४ वर्षीय भक्त बहादुर...
राष्ट्रपतिको युरोप भ्रमण स्थगित
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित गरिएको छ । यही कात्तिक २२ गते फ्रान्स हुँदै जर्मनी र इटाली भ्रमणमा जाने तय भएपनि भूकम्पपछि देशको वर्तमान परिस्थिति अनुकूल नरहेकोले भ्रमण स्थगित गरिएको राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेल जानकारी दिए । गत कात्तिक १६ गते बसेको मन्त्रिपरिषद् बैठकले...
कांग्रेस बागमती प्रदेशको प्रमुख सचेतकमा गोविन्द लम्साल
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको प्रमुख सचेतकमा गोविन्द लम्साल नियुक्त भएका छन् । लम्साललाई कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामाले पार्टीको विधान बमोजिम प्रमुख सचेतकमा नियुक्त गरेका हुन् । सो बारेमा सोमबार लम्साल आफैले बागमती प्रदेश सभा सचिवालयमा जानकारी गराएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले...
हेटौंडामा सवारी दुर्घटना हुँदा एक जना घाइते
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्कुलरोडस्थित भित्रि सडकखण्डमा आज बिहान सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । बिहान ४ः४० बजेको समयमा बसपार्कबाट स्कुलरोडतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००५ प ४२२२ नम्वरको स्कुटरले सोही स्थामा पार्किङ गरी राखेको प्रदेश नं.३–०१ ०२२ च ४८०२ नं.को कारलाई...
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ । बिहान ८ बस्ने बस्ने गरी बोलाइएको बैठक केहीबेर अघिबाट सुरु भएको हो । आइतबारका लागि बोलाएको बैठक गृहकार्य नपुगेको भन्दै आजलाई सारिएको थियो । बैठक पार्टी कार्यालय आलोकनगरमा बसिरहेको हो । बैठकमा पार्टीले हालै सम्पन्न गरेको मेची महाकाली समाजवादी जागरण...
हेटौंडाबाट लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित हेटौंडाबाट आइतबार दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुकरो हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित रातोमाटेबाट लागूऔषध गाँजा १० किलोसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारत बिहार राज्य मोतिहारी थानाआधापुर पोष्ट ग्राम...
भूकम्पको कारण माओवादीको सडक संघर्षको कार्यक्रम स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रको मंसिर २२ को लागि तय भएको सडक संघर्षको कार्यक्रम स्थगित गरिएको छ । आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले गत शुक्रबार जाजरकोटमा गएको भूकम्पको कारण सडक संघर्षको कार्यक्रम स्थगित गरेको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए । गत कात्तिक १७ गते शुक्रबार राति जाजरकोटको...
भूकम्प पीडितलाई एमाले बागमतीले आर्थिक रकम उपलब्ध गराउने
मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई राहत स्वरुप आर्थिक रकम उपलब्ध गराउने भएको छ । एमाले बागमतीले भूकम्पमा परेर जनधन गुमाउन पुगेका नागरिकलाई राहत स्वरुप ५ लाख ७० हजार रुपैयाँ आर्थिक रकम उपलब्ध गराउने निर्णय गरेको एमाले संसदीय दलका नेता जगन्नाथ...
चाडपर्वमा कालोबजारी नगर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरको आग्रह
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले नेपालीहरुको महान पर्व शुभ दिपावी तथा छठ पर्वको समयमा कालोबजारी नगर्न सबैलाई आग्रह गरेको छ । प्रशासनले आइतबार एक सूचना जारी गर्दै नजिकिँदै गरेको चाडपर्वको समयमा अस्वभाविक मूल्यवृद्धि, अखाद्य एवम् म्याद नाघेका वस्तुहरु बिक्री वितरण गरी कालोबजारी नगर्न सबैलाई आग्रह गरेको हो ।...










