भूकम्पको कारण माओवादीको सडक संघर्षको कार्यक्रम स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रको मंसिर २२ को लागि तय भएको सडक संघर्षको कार्यक्रम स्थगित गरिएको छ ।
आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले गत शुक्रबार जाजरकोटमा गएको भूकम्पको कारण सडक संघर्षको कार्यक्रम स्थगित गरेको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।
गत कात्तिक १७ गते शुक्रबार राति जाजरकोटको रामेडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।
माओवादीले उक्त भूकम्प प्रभावित जिल्लाका सम्पूर्ण कमिटीहरु नेता तथा कार्यकर्ताहरुलाई खोज, उद्धार एवम् राहतमा सक्रियतापूर्वक सहयोग गर्न निर्देशन दिइएको छ ।
