समाचार

बागमती प्रदेश प्रमुख शर्माद्वारा समवेदना व्यक्त

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले जाजरकोटको रामेडाँडामा शुक्रबार राति गएको शक्तिशालि भुकम्पमा परेर मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले आइतबार एक विज्ञप्ति जारी गर्दै गत कात्तिक १७ गते शुक्रबार राति आएको ६.४ म्याग्निच्यूडको भुकम्पमा परेर मृत्यु भएकाहरुप्र...

ट्याक्सी दुर्घटनामा परेर पाँच जना घाइते

बुटवल । पाल्पाको रम्भा गाउँपालिका–३ सेरास्थित सिद्धार्थ राजमार्गमा ट्याक्सी दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् । घाइते हुनेहरुमा पोखरा उप–महानगरपालिका –१५ का ३८ वर्षीय सुरेश, ट्याक्सीमा सवार सोही ठाउँका ७४ वर्षीय धन बहादुर गुरुङ, ७० वर्षीय गङ्गा गुरुङ,४० वर्षीय विनोद गुरुङ, बुटवल उप–महानगरपालिका –१० रामनगरका ७२ वर्षीय भीम...

मकवानपुरमा डेंगु संक्रमितको कुल संख्या ७३० पुग्यो

मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगु संक्रमितको कुल संख्या ७३० पुगेको छ । जिल्लामा ३७३ पुरुष र ३५७ महिला गरी उक्त संख्यामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा हालसम्म संक्रमित भएकामध्ये सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका...

आइतबार नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबा नेप्से दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २१ दशमलब ४६ अंकले गिरावट आएर १८२६ दशमलब २३ विन्दुमा पुगेर रोकिएको हो । यस्तै, आज नेप्सेमा सूचीकृत २८९ कम्पनीहरुको ३५ लाख ५८ हजार ५५४ कित्ता शेयर किनबेच भएको छ...

इजरायल आक्रमण : मृतक सबै नेपालीको शव नेपाल आइपुग्यो

काठमाडौं । इजरायलस्थित हमास आक्रमणमा परेर मृत्यु भएका सबै नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ । गत असोज २० गते हमास समूहको आक्रमणमा परेर मृत्यु भएका १० जना विद्यार्थीको नै शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, मृतकमध्ये सल्यानको शारदा–३ का प्रेम भण्डारी, डोटीको लामिखाल–८ का...

२१ अर्बको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । बैंकले कात्तिक २१ गते जारी गर्ने गरी ९१ दिने र १८२ दिने गरी दुई किसिमका गरी कूल २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्न लागेको हो । बैंकले ९१ दिनका...

जाजरकोटमा भुकम्पका कारण मृत्यु भएका ९२ जनाको सनाखत

काठमाडौं । जाजरकोटमा भुकम्पका कारण मृत्यु भएका ९२ जनाको सनाखत भएको छ । जिल्लाको रामेडाडाँ केन्द्रबिन्दु भएर गएको शक्तिशालि भुकम्पमा परेर मृत्यु भएका ९२ जनाको सनाखत भएको जाजरकोट प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सनाखत गरिएकामध्ये ६८ जनाको शव आफन्तलाई जिम्मा लगाइएको छ । भुकम्पमा परेर जाजरकोटाका १०५ जनाको...

अटो दुर्घटनामा परेर दुई जनाको मृत्यु, एक घाइते

जुम्ला । जुम्लाको हिमा गाउँपालिका–१ स्थित बड्कीमा आज बिहान अटो दुर्घटना हुँदा दुई जनाको छ । बिहान नाग्मबाट हिमा गाउँपालिका–१ देवारगाउँ जाँदै गरेको भे १ ह ३१९७ नम्बरको अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा हिमा–१ का अटो चालक ४५ वर्षीय पदम शाही र सोही...

भुकम्पमा परेर घाइते भएकाहरुको निःशुल्क उपचार गरिने

काठमाडौं । सरकारले भुकम्पमा परेर घाइते भएका सबैको निःशुल्क उपचार गरिदिने भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको स्वास्थ्यमन्त्री मोहन बस्नेतले जानकारी दिए । घाइतेहरुको उपचारको लागि देशका अस्पतालहरु वीर, ट्रमा सेन्टर लगायतका अस्पताल तयारी अवस्थामा राखिएको स्वास्थ्यमन्त्री बस्नेतले बताए । बैठकमा भुकम्प पीडितहरुलाई आर्थिक...

कांग्रेसले बोलायो कार्य सम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक आज बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवा निवासमा बस्ने गरी बोलाइएको हो । उक्त बैठकमा जाजरकोटमा शुक्रबार राति गएको भुकम्पको क्षति, राहत र उद्धारलगायतका विषयमा छलफल हुने जनाइएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम्...