आइतबार नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबा नेप्से दोहोरो अंकको गिरावट आएको छ ।
आज नेप्से परिसूचक २१ दशमलब ४६ अंकले गिरावट आएर १८२६ दशमलब २३ विन्दुमा पुगेर रोकिएको हो ।
यस्तै, आज नेप्सेमा सूचीकृत २८९ कम्पनीहरुको ३५ लाख ५८ हजार ५५४ कित्ता शेयर किनबेच भएको छ भने ९७ करोड २३ लाख ६७ हजार बराबरको कारोबार भएको छ ।
यसैगरी, आज नेप्सेमा गिरावट आएसँगै १२ वटा उपसूचकमा रातो पोतिएको छ ।